नियम १४
लागू र विषालु औषधिहरू सुरक्षित राख्नु पर्ने

ऐनको दफा ३३ को उपदफा (१) को प्रयोजनको लागि लागू औषधिको हकमा समूह “क” को उपसमूह १ मा उल्लेखित औषधिहरू र विषालु औषधिको हकमा सोही समूहको उपसमूह २ मा उल्लेखित औषधिहरू तोकिएका छन् र त्यस्तो प्रत्येक औषधि नियम १२ को अधीनमा रही देहाय बमोजिम गरी सुरक्षित साथ राख्नु पर्नेछः–

(क) कुनै निश्चित ठाउँमा राखिएको,
(ख) निश्चित ठाउँमा रहँदा सो ठाउँबाट खस्न नपाउने व्यवस्था गरिएको,
(ग) असम्बन्धित व्यक्तिले सजिलैसँग लिन वा छुन नसक्ने गरिएको, र
(घ) अरू कुनै औषधि वा चीजसँग मिसिन नपाउने गरिएको ।